लाग्छ सबै फिक्का फिक्का


आचार्य प्रभा

उस्तै हो हिमाल,बन,जङगल,डाँडा,काँडा
उस्तै छन,
मान्छे पनि उनै हुन
घाम,जून उही छन
त र पनि किन लाग्छ
सबै फरक,फरक ?
माटो त्यही हो,
टेक्ने धर्ती उस्तै छ ,
हावाको स्पर्षले उसरी नै छुन्छ
त र पनि किन लाग्छ

सबै फिक्का,फिक्का ?

मन उही छ छात्तिभित्र
मुटुको आकार उही हो
हेर्ने आँखाहरु त्यही हुन,
त र पनि किन लाग्छ

सबै नौला,नौला ?
हो.... यो सत्य हो,
म देख्दिन आफन्तको छायाँ,
पाउँदिन ति मायारुपी शब्दहरु,
अनी साट्न सक्दिन भावनाका उद्गगारहरु,
किन... कि फरक यत्ती हो
म आफ्नो आगनबाट ओझेल छु
म आफन्तको सामिप्यताबाट
बन्चित छु ,
आफ्नो माटोबाट बिरानो छु ,
बस .............../

(अमेरिका )

No comments: