Friday, November 06, 2009

डर


पवित्रा गुरुङ

ठुलो वगैचामा गएकी थिए
एउटा फूल टिपी ल्याए
कहि कतै सजाउँनलाई
रहरहरु वढी आए ।

मनमा सजाउँन लागें
पिर सर्ने डर भए
मुटुमा सजाउँन लागे
धड्कनले थर्काउने डर भए
आँखामा सजाउँन लागे
आँसुले बगाउँने डर भए
हत्केलामा सजाउँन लागे
कसैले चोरी लाने डर भए

ठुलो बगैचामा गएकी थिए
एउटा फूल टिपी ल्याए
कहि कतै सजाउँनलाई
डरै डर भरी आए