मुक्तक


इप्सुल मगर


जादै जान्न त्यो बाटो म दोबाटो भेटिने भए
वीरहरुको रगतले कोरिएको सीमाना मेटिने भए
आहुती दिन्छु यो सिनो म आफ्नो माटोको लागि
मातृभूमीको ऋण मेरो विना पक्षपात काटिने भए


लेख्न पनि डर लाग्छ कलम खोसिने पो हो कि ?
वीरहरुको यस्तै चालाले रगत सोसिने पो हो कि ?
हत्या हिँसा आतङक अनि मारामार जताततै
वुझ्न खोज्दा आफै माथि संगीन रोपीने पो हो कि ?


गर्न त्यतिकै गाह्रो हुन्छ भन्न जति सजिलो
व्यथाहरु धेरै भए नी हाँस्नु रे पारी मन दरिलो
तर ओठमा मुस्कान पनि कसरी छाउँथ्यो
जव नैराश्यताको जंजाल भित्र मनै भएछ अमिलो

No comments: