रात नै किन...


शिव सस्मित

रात नै किन आउनुपर्‍यो लुटिएपछि दिउँसै मान्छे
अन्यत्र किन धाउनुपर्‍यो कुटिएपछि दिउँसै मान्छे

बजारतिर उपहार लिन सँगसँगै निस्किएकाको
जन्मोत्सव किन मनाउनुपर्‍यो, छुट्टएिपछि दिउँसै मान्छे

आँखै अगाडि आफ्नो मान्छे फिरौतीमा पर्दाखेरी
विमति किन जनाउनुपर्‍यो, भुटिएपछि दिउँसै मान्छे

छेउ र टुप्पो खरानी बन्यो, अनि बल्ल सुरक्षाको
संयन्त्र किन बनाउनुपर्‍यो, ठुटिएपछि दिउँसै मान्छे

मन्त्रीको नाता अपराधीको हदेलोजस्तै कोट्याएर
हामी पो किन गहृनाउनुपर्‍यो, खुट्टीएपछि दिउँसै मान्छे ।
म्याग्दी

No comments: