पृथ्वी गोलो छ


राकेश कार्की

लोडसेडिङ के भो त हामीसंग खोलो छ
अरु भू-भाग उज्यालो पृथ्वी गोलो छ

धनि राष्ट्रहरुको शान इज्जत के के छ
बर! नेपाल आमाको फाटेको चोलो छ

अरु राष्ट्रहरुलाई देशवासीको माया छ
हाम्रो कार्यपालीकालाई पार्टीको झोलो छ

सरकारलाई चलाउने विदेशीको शक्ती छ
नेपालीलाई भिडाउँदा विदेशीलाई होलो छ

लस् एन्जेलस्

गजल


दिलिप योन्जन

आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन
चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन ।

फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन
हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन।

जन्म जन्म जिउने मर्ने, बिर्सी दिई कसम किन
धोका दिई हास्नु रैछ, देबी देउता भाक्यौ किन।

गन्तब्य हाम्रो एउटै थियो, बाटो बिच्मै मोड्यौ किन
दुई आत्माको मिलन हाम्रो, थाहै नपाई तोड्यौ किन।

तारा जुन साची राखी, दिन्मै टाडा भयौ किन
जिउने आसमा मार्नु रैछ, छिन्मै छुरा घोप्यौ किन।

अमेरिका

गजल


आचार्य प्रभा

अन्यायको बिरुद्द आगो भै बलौँ हामी
देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी ।

सन्तान हौँ हामी सबै एउटै देश नेपालको
आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी।

एउटै आकाश ओढेर,बाँच्दै आयौँ हामी सबै
एकताको नारा लगाइ,एक बनी चलौँ हामी।

को हो पराइ,को आफन्त भेदभाव नराखी
शत्रुको गोली सामु आए,फलाम बनी छलौँ हामी ।

(अमेरिका )

मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट


प्रवीण राई जुमेली

सधैं त मान्छे मर्थ्यो मन बाँच्थ्यो
यसपाली त मन चाहिँ मरेछ मान्छे बाँच्यो
नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो
विडम्बनाको भीरमा वैरिएछ
‘खुशी’ भन्थ्यो ‘रे मर्नअघि
नीलो आकाशलाई हेरेर त झन् सासै चुँडिन गाह्रो भो ‘रे
मर्दै गर्दा त्योसित एकान्तको साथ थियो ‘रे
मान्छे मर्नलाई त एउटा चट्टान मनग्गे
छुरीको एउटा प्रहार नै मनग्गे
तर गीतबाट भाका नचुँडी
रुखबाट हरियो नखोसिई
कहाँ मर्छ र मन
समयले भन्थ्यो ‘रे हामी खोला सुकेको देख्छौं
सधैंको एउटा आवाज हराएको देख्तैनौ
हामी सुन्छौं ज्ञान बजेको खित्काहरु
तरलताको रुदनहरु सुन्दैनौ
समयले भन्थ्यो ‘रे
कति सुटुक्क मरयो त्यो समयकै षडयन्त्रमा
कसैको मुटुले देख्नै भ्याएन
मलामीको रमिता भर्न र विषादको काँध दिन पाएन कसैले
हिप्पोक्रेसी गन्हाउने फूलहरु नै चडाउन आएन
कुनै आस्थाको नेता
रहरको सूचीमा पनि चडेन
रमाहटको केही राहत राशी
समवेदना बाँझिन थालेछ अहो
मनको चिहानमाथि बनमारा उम्रिन थालेछ॥

गजल

मनोज काफ्ले 'मनसुन'

मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला

न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला

नाम लिई बोलाउने मनको चाह मन नै रह्यो
कर्म रैछ सिसा जस्तो फुटेको त सुन्थ्यौ होला

खरानीमा देह मिल्यो भाँचीगए सपना पनि
जीवित भए मेरो ब्याथा तिम्रो मनले गुन्थ्यौ होला

न त मसाल छुन पाएँ न त पानी मुखमा हाल्न
दागबत्ती दिन पाइन पवित्र त हुन्थ्यौ होला

( प्यारो साथी मिनाजी को तर्फबाट श्रीमानजी को सम्झना मा समर्पित)

गजल


आचार्य प्रभा

तिम्रो मायाको तापले यो मनले न्यानो चाह्यो प्रवास
तिम्रो मीठो सामिप्यताले मनले राहत पायो प्रवास।

उजाड थियो मनको पाखा मेरो ,निरश थियो बैँश पनि
अनायस तिम्रो आगमनले हरियाली छायो प्रवास ।

उदासी नै साथ थियो,थिएन कहिल्यै मन खुशी
जब संघार टेक्यौ दिलको मनले गीत गायो प्रवास।

सोँच्न थाल्यो मनले अब,भुल्ने छैन उस्लाई भनी
तिमीसङै समाहित भएर कसम मनले खायो प्रवास ।

(अमेरिका )
(उक्त शिशु गजलमा मैले प्रवासको नाम रदिफको रुपमा पैँचो लिएकी छु आपत्ति नहोला भन्ने आशामा )

यस्तो नहोस

चकेद्र राई "कैदी"

मायाँमा अडिएको छ दुनिया
विश्वासले चलेको छ संसार
प्रेमी प्रेमिकामा धोका नहोस।
श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस।
सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा
सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस।

हामी
टाईटानिकको यात्रु जस्तै.....
आफु मात्र बाच्न प्रतिस्पर्धा गरि रहेका छौ।
महायुद्वका लडाकु जस्तै.....
जय पराजयलाई नै जीवनको सार्थकता ठानि रहेका छौ।
फेरी कसैलाई
मन लाग्यो भन्दैमा
डब्ल.टी.ओ. र पेन्टागन ढले जस्तै
नागासाकी र हिरोसिमा जले जस्तै
इराक र अफगानिस्तान बले जस्तै
इतिहासले भुल्न नसक्ने एक तमासा नहोस।
कुनै बहानामा बिचरी
ख्याति श्रेष्ठको जस्तो मृत्यु पनि नहोस।

आस्थाको बन्दि आङसाङ सुकि र
प्रगतीशिल लेखिका
तसलीमा को जीवन जस्तो जीवन पनि नहोस।
हामी र हाम्रो युगौ देखीको मिठो आत्मीयता
मधेशी र पाहडीको नाममा कहिल्यै नटुटोस।
विश्व नै स्तब्ध हुने गरी
अब फेरी फेरी कोशीको बाध कहिल्यै नफुटोस।

जाजरकोट लगायतको ठाँउहरुमा जस्तै
झाडापखालाको माहामारीले
हाम्रो सुख र आनन्दको
स्वर्ग अब फेरी फेरी कहिल्यै नलुटोस।
जो नहुनु थियो तर त्यही भयो
कामना गरौ.....
अब यस्तो नहोस
कहिल्यै...... कहिल्यै......यस्तो नहोस।।

नेपाली सपना र बिपना


बसन्त मोहन अधिकारी

आमा !
आज फेरी सपना देखें
तिमीलाई भैसिले लखेटेको
मध्यरातमा जुरुक्क उठेर
चैतन्यको बतिमा
चारैतिर हेरे
घरबाहिरका अर्नाहरुले खेद्दै रहेछन् ।

हो बाबु,
भो त्यो कुरा नगर
तिर्मो घरबास उठ्लार्
इज्यत मात्र होइन
प्राण चुडिएला
मेरो चाहना
तिर्मो गाँस, बास र कपास
र जीवन हो ।
मैले पनि भयङ्कर सपना देखेँ
गाँउघर, शहर मात्र होइन
प्रदेशमा पनि अैठनहरु आएर
तिर्मो गला थिचिरहेछन् ।

घरआँगनबाट
बल्ल तल्ल बाँचेका
मेरा सन्तानहरुलाई
कुबेर बन्ने होडमा
जिउँदो बलि दिदै
त्यो प्रदेशमा
कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा
कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा
सैतानहरुले
भेडा बाख्रा झै बेचिरहेछन् ।

आमाको ममता न हो
सहन नसकेर
रुदैँ सगरमाथा उक्लिएर
प्रदेश तिर चिहाए
कयौ सपुतहरुले
भाईबैनीहरुलाई
ममताले बाँधेको देखेँ
अँगालो हालेर राखेको देखेँ
त्यतिखेर
भावविहल भै आँखाबाट आँशु खस्यो
खुसि र हर्षो
धेरै भयो
यस्तो दृष्य नदेखेको ।

समयको अन्तरालमा
अनायासै,
त्रि्रो जस्तै सपना देखेँ
सपुतहरुलाई घरकै भैसिहरुले खेदिरहेछन् ।
हान्न र फाल्न सिंग उदाई रहेछन् ।
पापै पापले भरिएको धर्ती बिच
आधा रातमै उठेँ
पुकार गरे
हे जन्मदाता !
संसारका सृष्ट्रिकर्ता !
यो धर्तीमा
सत्यताको कर्म र कतर्ब्यमा
बाँच्न दिदैनौ भने
जन्म पनि नदेउँ
म सधै मेरा सन्तानहरु
अनाहकमा बली चढाउन चाहन्न ।
बली चढाउन चाहन्न ।

चितवन यूर्एइ

सत्य बोल्ने गल्ति गरेकोमा अकरनामा


प्रविन रार्इ जुमेली

मैले भनेकै थिएँ, समयको स्याल अति नै धूर्त छ
त्यसले यी ससाना बालक उपक्रमहरुलाई
लीला अर्थ्याइदिएको छ
भनेको थिएँ अझ, यो उचाइको आकाश पनि बित्था हो
हाम्रो अहँकार र गर्वका सगरमाथाहरु सबै
चकनाचुर बनाउनेछ एकदिन बित्नुको आँधी-बेह्रीले
तर भ्रमका पाहुनाहरु मानेनन्
उनीहरुले यो मिथ्याको सपनालाई नै साँचो भने
मेरो सत्यको झूट सुन्न रुचाँउदा रहेछन् पाहुनाहरु
हामी आफ्नो गीतसित रुँदा हाँस्दा रहेछन् पाहुनाहरु
समयकै उकील पात्रहरु र दोषी पात्रहरु
मलाई घेरेर उभिएका छन्
म मेरो कलमको प्रत्येक घर्षणसितै घट्दै गइरहन्छु
लेखिरहन्छु असत्यको कचहरीमा उभेर यो अकरनामा
यो कस्तो आधुनिकृत मल्टीप्लेक्स हो
जहाँ असत्य काया छ सत्य छाँया छ
कस्तो हो यो सपना/विपनाको सिनेमा
भोक जहाँ अशेष छ आत्मा पराया छ
मिथ्या, सत्य, गीत र प्रश्नहरु पनि
माया नै गन्छ तर सृष्टिको वैरागीले
भनें, म भुलिइनु पनि यसरी भ्रम नै है
भ्रम नै यी तमाम लोली-बोलीहरु
मान्दैनन् तर उनीहरु मेरा कुरा
लाग्छ यो नमान्नु पनि खेल नै मायाको
लेख्ने उपक्रम यो अकरनामा पनि खेल नैसत्य/
असत्य सबै खेल यो समय-छाँयाको॥

जिजीबिषाको लडाइँ


आचार्य प्रभा

ढुङ्गाको मन बोकेर पर्देशिएका हामी
बाध्यताको बन्धनले बाँधिएका छौं ,
भन्छन,
भन्नेहरु सजिलैसँग देशलाई भुल्यौ
पैसाको मोहमा फँस्यौ
त र..... त्यसो हैन,
केवल जिजीबिषाको लडाइँ लड्न मात्र
हामी पर्देशिएका छौं
किनकी आफ्नो भूमिको बाँझोपनको
रमिते मात्र भएर कहाँ हुन्छ हामीले ?
आफ्नी आमाको काखलाई बचाउन पनि त
केही जोरजाम गर्न पर्‍यो कसैले /
खै त हामीलाई त्यो अवसर ?
जो जती बाँचिरहेछन् आफ्नो देश भनेर
शायद..... सहिरहेकाछन् उनिहरुले पनि
बिवसता र आत्माग्लानिका प्रहारहरु ,
बितिरहेका होलान मनभरी
डर,त्रास,भयका पलहरु
तर बाध्यता हो उनिहरुको पनि
आफ्नै आमाको काखमा
असुरक्षित भोगाइहरु भोग्न
अनी मेरो देश भन्ने मोहमा फँस्न
तर...... हामी दुवै पक्ष नै
बिवसताको जंजिरमा बाँधिएका छौं /
एकातिर स्वाभिमानको फोस्रो नारा
छात्तिमा टाँसेर आफ्नै देशमा
पराइ बन्नु पर्ने बाध्यता छ भने
अर्कोतिर देशको माया मनभरी साँचेर
पराइभूमिमा छट्पटिनु पर्ने
बिवसता पनि छ ,
तर जो जहां होस्,
आफ्नी जननीको मायामा नै बिचलित छ
बस..... एउटै बाध्यता छ
सबैले जिजीबिषाको लडाइँको निम्ती
बाँच्नु छ ,जहा भएपनी जे भए पनि ।

(अमेरिका )

एउटा नक्षत्र झरेछ साहित्यकाशबाट


आचार्य प्रभा

म स्तब्ध बनें
त्यो शोकाकुल खबरले
साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ
झापाली साहित्यकाशबाट ,
चम्की रहेका उज्ज्वल नक्षत्रलाई
कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ /
म कामना गर्दछु वहाँको चिरशान्तीको
म प्रार्थना गर्दछु वहाँको प्रतिभाको दिर्घायुको
शरीर माटोमा मिल्यो त के भो ?
साहित्यरुपी सन्तानहरु जिवित नै छन
आत्मा पलायन भयो त के भो ?
श्रीजनाका डोबहरु बाटाभरि यत्रतत्र छन /
देह मर्यो रे वहाँको सदाकोलागि
कबिताहरु जिउँदो आत्मा बनेर गुन्जी रहनेछन ,
छायाँ बिलिन भयो रे सुन्यतामा
कथाहरु जिवित बनेर सल्बलाई रहनेछन
सबको मनमस्तिष्कमा /
हो म फेरि पनि भन्छु
एउटा देह पलायन भयो रे, आत्माले चिरनिन्द्रा रोज्यो रे
त र अजर,अमर बन्नेछ सदा
वहाँका साहित्यरूपी सन्तानहरु
सबका अन्तरात्माभित्र गुन्जिरहने छन
वहाँका भावनारूपी साहित्यका शब्दहरु
यसैले म चडाउदैछु वहाँलाई
श्रद्धान्जली स्वरूप सम्झनाका
यि शब्द सुमनहरु /
(आदर्णीय दाइ भवानी घिमिरेको सम्झनामा समर्पित कबिता )

नेताहरु


दिलिप योन्जन्

जुन बेला म
भिडहरु बीचमा छटपटिदै हतार हतार
कोलाहलबाट भाग्छु ...........निस्सासिदै.........
देख्छु त्यही भिड .............त्यही जमात
एउटै झन्डा ..................... एउटै माग
हातभरि बिरोधका ब्यानर बोकेर
ओठभरि गाली ..................... हातभरि ताली
नेता फुर्तीसँग भाषण गर्छ
राष्ट्र, राष्ट्रियता
गरिबी, शिक्षा
जाति, धर्म
रोजगारीको ब्यबस्था
भ्रष्टचारको खुल्ला बिरोध
म चुपचाप हेरिरहन्छु, टाढा बसेर एक्लै
त्यतिखेर मलाई यस्तो लाग्छ
भाडाको भेडा बाख्रा बटुलेर
केही नबुझ्ने अनपढलाई भेला पारेर
दिमाग खुस्केका नेताहरु कराइरहन्छन्
वल्लो गाँउको बिकास पल्लो गाँउमा
पुर्बको कुरा पस्चिममा
जनता झुक्याइरहन्छन्, झुक्याइरहन्छन्,
सधै एउटै भाषण, एउटै बिषय लिएर

अस्टिन, अमेरिका

च्याट कमेन्ट


स्यानु पाईजा

उ मलाई सधै, किन हो
कबितामा यौन मिसाउ भन्छ
यौन बिना को जिवन
कति निरस हुन्छ , यु नो
लामो लामो बहस गर्छ
मौका पायो कि भनिहाल्छ
तिम्रो कबिता पढेर मान्छे
भट्टमास धेरै खाए झै ठुस्स पर्छ
शोक प्रार्थाना जस्तै मन नखोली पढ्छ
मन्त्रिले शपथ खाए झै मनपरि पढछ
म उस्लाई चाहेर पनि भन्न सक्दिन
किन कि मेरा कबिताको पाठक
जस्ले मन नपरे पनि पढछ
म उस्को लागी आईटम सङ् जस्तै
आईटम शब्दले उत्ताउलो कबिता लेख्न सक्दिन
यौनका रसहरु शब्द भरि लिपेर
थुप्रैलाई एकैचोटि चिप्लाउनु सक्दिन
उ हिजो को अनलाईन मा भन्दैथ्यो
तिमि कहिल्यै सुध्रने भएनौ
फेरी बोरिङ कबिता
किन किन उस्लाई बोर गरेरै लेख्नु
मलाई लेख्नु को मजा थपिन्छ अचेल

म उस्लाई भन्छु प्राय
दोहरी रेस्टुरेन्ट पसेर फोहरी भयो रे
बियर र हुस्की मा पौडियो रे
कबितामा यौन टाँसिएर टुडाल भयो रे
उ पनि रिसैले जबाफ फर्काउछ
तिमीलाई के थाहा यौन को अर्थ
टुडालले नै नोवेल पुरूस्कार जित्यो ?

कृष्ण धारावासी को टुडाल ले ?
नोवेल पुरस्कार पायो मख्ख परेको होईन रे
“लोलिता” ले नोवेल पुरुस्कार जितेको हो
तिमी जस्ता लाई के थाहा ?
यस चोटी म केही नबोली
साईन आउट गर्छु
भोली पल्ट लेख्छु - सरी नेट डिसी भयो

पात्लेखेत-७, म्याग्दी

गीत


दिलिप योन्जन

बाचेको छुइन, तिमीलाई बिर्सी, नभन निस्ठुरी
तिम्रै यादमा, तडपेकोछु पल२, तस्बिर सम्हाली!

मरेर मात्रै, बिर्सन सक्छु, जिबन साथीलाई
हासेर एक्लाई, बाच्दिन प्रिय्, रुवाई तिमीलाई!

तिमी भरोसा, तिमी साहारा, जिन्दगी भरिलाई
सक्दिन बाच्न, तिमी बिना, ह्र्दय जलाई!

हासी खेली, बिताउला जिबन, माया साटेर
अमर प्रेम, छडेर जाउला, गए नि मरेर!

America

स्तब्ध आशक्ती


आचार्य प्रभा

शालिन् त्यो मुहार अनि भद्रपनको आशक्तिमा
म यसै हराएछु कि ........,
आजकल म आफैभित्र आफैलाई
पाउन असमर्थ छु ,
हो त्यो मुहार निश्छल छ,गम्भिर छ,भावुक छ
ऊ पनि कता कता हराए झैं छ
शायद....... हामीबिच
अल्पपरिचिताको तगारो भएर होला/
म मनभित्र भित्रै कैद गर्ने गर्छु
ऊ प्रतिका आशक्तिका चाहनाहरुलाई
अनि यि अधरहरु सिउने गर्छु
उस्लाई पोख्नु पर्ने बहानाहरुलाइ
किन कि ऊ टाढा क्षितिजमा अल्मलीइ रहेछ
म अर्कै धरातलमा जिइरहेछु
आफ्नै तड्पन र जलनसँग
के थाहा उस्लाई ?
कुनै धर्तिको आकाशबाट जून बनी
चिहाइ रहेछ एकटकले
उस्का त्यो निष्कपट छायाँलाई
के वास्ता उस्लाई ?
कुनै त्रीषित बटुवा बनेर धाइरहेछ
ऊकहाँ मनको त्रीष्णा मेट्नलाई भनी ,
बस ऊ त सदा गम्भिर छ
आँफैमा ब्यस्त छ ,
त र..... म भने हरपल
त्यही छायाँ र आक्रीतिसँग
बेखबर लडिरहेछु,जुझिरहेछु
त र..... जब म झल्याँस यथार्थमा आउँछु
मेरो अघाडी एउटा तस्बिरले गिज्याइ रहेको पाउँछु
हो त्यो तस्बिर त्यही गम्भिर मुहार हुन्छ
उस्ले मलाई बोलाए झैं लाग्छ
अनायस म त्यो मुहार सुम्स्मुयाउन थाल्छु
त्यो तस्बिर भूइमा झरेर चक्नाचुर हुन्छ ,
म ति टुक्रिएका शिशाहरुलाइ एकत्रित
बनाएर जोड्ने प्रयास गर्छु
त र अफ्सोच !हरेक टुक्रामा बिभाजित
त्यो गम्भिर मुहार जोडिन असमर्थ बन्छ
अनि त्यो मुहारको रूपरेखा छिन्नभिन्न हुन्छ
अनि म निराशाको बिस्म्रीतिमा
पुरिन वाध्य हुन्छु
फेरी मनले भन्छ
उफ !कस्तो आशक्ती मेरो ऊ प्रतिको ?
जब म सत्यतामा फर्किन्छु
त र......त्यो त खाली दर्पनभित्रको
छायाँ मात्र पो हुन्छ /

(अमेरिका )

माया नि गासौला


दिलिप योन्जन

माया नि गासौला, प्रिती नि साटौला
जे ढुख परेनी, हाँसी खुँसी बाढौला
मर्नु परे हामी, हाँसी हाँसी मरौला

फुलै फुल्को बगैचामा, धेरै रुप ढेखे
मुटुमा सजाई दिने, तिमी एउटै भेटे
बाचा नि गरुला, कसम नि खाउला
मर्नु परे हामी, हाँसी हाँसी मरौला

हिडदा हिददै यो जुनीमा, धेरै पुगे माथी
जिउने मर्ने जिन्दगीमा,तिमी पाए साथी
हाँसी खुँसी बाचौला, अमर प्रित गासौला
मर्नु परे हामी, हाँसी हाँसी मरौला

गजल


केदार श्रेष्ठ गगन

दिनदहाडै छिमेकीले साध मिच्न थाले पछि
चुपचाप सधैं बस्नु हुन्न जङे पिलर ढाले पछि ।

गर्दा गर्दै अलिअलि सबै मेरै भन्न बेर छैन
सिमानाको ढुङो सारी त्यही कुकुर पाले पछि ।

मन्त्री,प्रधानमन्त्री सबै रमिते भो खै किन आज
अठारौ सताब्दीका नारी झै शीरमा सिन्दुर हाले पछि ।

लुते,लाम्रे भनी हेपेका हौला गगनलाई ए सधियार
वलभद्र,भक्तीको याद आउँला दिउसै बत्ती बाले पछि ।

चेतना भया


खगेन्द्र थापा

नयाँ नेपालका
राम राम जप्ने ए, बहुरुपि हरामहरु
सहिदहरुको आलो रगतमा लुट्पुटिएर अझै
देखावटी सम्मानको अस्त्र प्रहार नगर
दुख्ला, छातीभित्र मुटुका कुना कन्दरासम्म,

मुलुक ढस्ने ए, भष्मासुरहरु
स्वार्थको गन्धे ढलमा चुर्लुम्म डुबेर
छिः, मुख मिठ्याउने यत्न नगर
अव्बुर्इ नि, मर्नेहरुको रगत पनि त्यती चिसो कहाँ छ र ?
पोल्ला, तेजावले जस्तै भत्भती मन मस्तिष्क सम्म,

सुख शान्तिको महल भत्काउन रमाउने
ए, अगस्ति अक्टोपसहरु हो,
जनताको आस्थामा कथित सिद्धान्तको डोजर धस्दै
लोकतन्त्रलाई पद, पैसा र दोसलामा भँजाउने कोशिस नगर
डुब्ला मुलुक, सतपत्तालमा नर्फकने गरी नर्कको दलदलमा,

धोकाको तीर चलाउने ए, चोर शिकारीहरु हो
तिमी पृथ्वीको कुन गोलार्द्धबाट संसार चिहाउँदैछौ
बल्ला मुलुक, आतंकको डडेलोले विश्वशान्ति लुटिएमा
मर्ला आस्था, जीउँदाहरुको कुरुप र अपाङ्ग भएर,
सगरमाथाबाट हेरे हुन्छ बुद्धलाई,

ए, विध्वंसकारी सुनामीहरु हो भन न,
तिमी खै कुन ग्रहको वृतान्त भट्टयाउँदैछौ ?
बग्ला, निर्झर आँसु दुखको घनघोर बर्षा भइ रहे,
अशोक स्तम्भ हेरेर नघोत्ले हुन्छ
पुजे पुग्छ सहिदहरुलाई ।

तमासा


हस्त गौतम मृदुल

मेरा ति दुख दर्दको तिमी शाँक्षी थियौ
तर किन मेरो घरमा हात्ति बाँधि दियौ
न त हात्ति बाँध्न सक्ने मेरो क्षमता छ
गरिवको घरमा हात्ति हेर त रमिता छ

एक महिनाको पौरख एकै गाँस पार्छ
यसै गरी गरिवले कति छाकलाइ र्टार्छ
एक गाग्री पानी छैन समुन्द्र नै पिउछ
यो हालतमा गरिवहरु कसरी जिउछ

मेरा ति चोट पिंडाको तिमी शाँक्षी थियौ
तर किन मेरो घरमा हात्ति बाँधी दियौ
न त हात्ति पाल्न सक्ने मेरो हैसियत छ
हात्तिको मुखमा जिरा यही नै नसियत छ

पानी पिउन नपाउदामा मेरै खुन पिउछ
घाँस खान नपाउदामा मेरै ज्यान खान्छ
कस्तो हो यो बिडम्वना गरिवको देशमा
गरिवको खिल्ली नउडाउ सकुनीको भेषमा

मेरा ति आँशु र मर्मको तिमी साँक्षी थियौ
तर किन मेरो घरमा हात्ति बाँधी दियौ
न त हात्ति थाम्न सक्छु न फाल्नै सक्छु
गरिवीको चित्तामा आफैलाइ नै पोल्छु

बेईमानी मन


स्यानु पाईजा

यो रातले मलाई बेईमानी बनाउँछ
नसोधि तिमीलाई सुटुक्कै सम्झेर
यो रातले मलाई अनिदो जगाउँछ
सम्झना त्यो पलको आलो बनाएर
लुकाएका सबै रहरहरु एकाएक
कल्पनाको झ्यालको पर्दा बाट
तिमीलाई चियाउन पुग्छ
बिहानीको शीत जस्तै रहरहरु
तिमीलाई छैन मेरो गुनासो
मेरो मन नै बेईमानी हो
चोरी चोरी सम्झन खोज्छ
तिमीलाई दाग लाग्ने गरी
लुकी छिपि भेट्न खोज्छ
झ्यालखाना छैन रे यो मनलाई राख्ने
साहेद जानेरै होला सधै यो मन
सिमाना नाँधेर तिमीलाई भेट्न खोज्छ
लुकाउदा लुकाउदै रहरहरु
सुनसान रात मा छल्किनु खोज्छ
लुकाएका सबै रहरहरु एकाएक
कल्पनाको झ्यालको पर्दा बाट
तिमीलाई चियाउन पुग्छ
यो रातले मलाई बेईमानी बनाउँछ
नसोधि तिमीलाई सुटुक्कै सम्झेर
यो रातले मलाई अनिदो जगाउँछ

पात्लेखेत-७, म्याग्दी

रामसार्इंलीका हजार सपना


यशोदा अधिकारी

माइतबाट दाइजो ल्याएको
एउटा तामाको गाग्री र
आफैले प्यवा पालेको
रातो भाले काखी च्यापेर
नेपाल झरेकी रामसार्इंली
भट्टमिा दिन बिताउँछे
चियाको किट्लीभरि
उम्लिएको छ
रामसार्इंलीको जीवन
रक्सिका बोतलहरुसँग
साँटिएको छ बैंस
हरेक चुरोटका खिल्लिबाट
निस्कने धुँवासँगै
उडेका छन्
रामसार्इंलीका हजार सपनाहरु आज ।
आफ्नै छानामुनि बसेर बुनेका सपना
कोदाको ढिँडो मस्काउँदै
तया गरेका रोमान्टिक यात्रा
माझीदाइसँग जुहारी खेल्दै
रचेका अनगिन्ती गीतहरुमा
आज रामसार्इंली
आफै नमेट भएर संगित भर्दै
भट्टमिा तुम्बा उमाल्छे
उसका पिपृच्छा आँखाहरु
अलिकति खुसी बोकेर
छोराको बाटो चियाउँछन् ।

यो नग्न सत्य हो कि
रामसार्इंलीले हातमा
कयूर लाउन पाएकी छैन
एकदिनमा एकझप्को निदाएर
हजार सपना देख्ने
रामसार्इंलीको
बेपत्ता मुटुको टुक्रा
अझै फर्केर आएको छैन ।
एक थोपा आँसुसम्म नअटाउने
यो नेपाल सहरमा
रामसार्इंली अनागरिकजस्तै भएर
आगो बालिरहेकी छे
चट्टान खोपिरहेकी छे
भट्टमिा पकाएर आशाहरु
छोराको खोजीमा निस्केका
बाको बाटो हेरिरहेकी
रामसार्इंली दिनभरि तुम्बा उमाल्छे
तुम्बासँगै उम्लिएको छ
रामसार्इंलीको जिन्दगी
चियाको किट्लीभरि पाकेका छन्
उसका पसिनाहरु पनि ।
उसलाई केही फरक छैन
गणतन्त्र आउनु र नआउनुमा
कोही कुर्सीमा बस्नु र नबस्नुमा
न उसलाई आपत्ति छ
निर्दोष मान्छेहरु मारिनुमा
ऊ त केवल मरेको शरीर
घिसार्दै भट्टीमा समय कटाउँछे ।
आफ्नो लोग्ने र प्यारो छोरो
अझै फर्केका छैनन्
उनको घरमा कुनै तन्त्र आउँदैन
खै के के आयो भन्छन्
तर रामसार्इंली एक्लै दिन कटाउँछे
यो परिवर्तन र व्यवस्थाको लागि
लड्न गएका आफ्ना
सन्तान नफर्केसम्म
अरुलाई जे-जे आए पनि
रामसार्इंलीको भट्टमिा
आजसम्म केही आएको छैन
चुहिने छाना छाइएको छैन
आँखाको आसु पुछिएको छैन
चुलोमा आगो बलेको छैन
साँच्चै भन्ने हो भने
रामसार्इंलीले यो व्यवस्थामा
कयूर लाउन पाएकी छैन
मिठो हाँसो हाँस्न सकेकी छैन
एक निद्रा आनन्दले
निदाउन पाएकी छैन
साँच्चै हो रामसार्इंलीले
हातमा कयूर लाउन
पाएकी छैन ।

मेच्छे-१ काभ्रे
हाल काठमाडौं

बेकाम जिन्दगी


केदार श्रेष्ठ गगन

बुझ्नै सकेको छैन यो मनलाई मैले
मनले नै हाँक्दो रहेछ जीवन,
मन नै रहेछ जिन्दगीको चालक,
तर राम्रो चालक हुन सकेन किन ?

यसलाई
फुकाल्ने थिएँ
दाँत फुकालेझैँ
फुकाल्न मिल्ने भए
फ्याकिदिन्थेँ पर-पर धुरी कटाएर
कसैले नदेख्ने गरी यो थोत्रो मनलाई
खोटैखोट,खाटैखाटा,
बग्रेल्ती घाउहरु भएको कसैले देख्न सक्दैन
र त
सबै मलाई मान्छे भन्छन्
नत्र पशु भन्न लायक छुइन म
के गर्न सकेर मैले मान्छे हुने काम,

उधार्न मिल्ने भए
अर्धानो मन
उधारी दिन्थेँ सबै सिउनीहरु
फेरि
सिलाउने थिएँ टम्म मिलाएर
र लगाउन दिन्थेँ मेरी आमालाई
एउटा फूलबुट्टे गुन्यू,

पकाउने थिएँ
यो भोको मनलाई
पकाउन मिल्ने भए
र लगेर दिन्थेँ कर्णाली तिर
वैरागी मनलाई
अघाएर कोही खुसी त हुने थिए,

तोडिदिन्थेँ
चिरैचिरा परेको मनलाई
घनैघनले हिर्काएर,
बन्चरोको पासोले फुटाइदिन्थेँ
झर्यामझुरुम सिसाझैँ अझैँ
के काम विनासित्तिको
निकाल्ने थिएँ खल्यामखुर्लम
निकाल्न मिल्ने भए,
गालेर तन्काउने थिएँ
तनक्क डोरी बनाएर
अनि, त्यही डोरीले कोर्थे
लक्ष्मणरेखा मेरो देशको
र मान्छे बन्ने कोसिस गर्ने थिए ।

२८ जेष्ठ २०६६

गित र गजल


बसन्त मोहन अधिकारी

नाँच्दैछ मान्छे मान्छे मारेर
हाँस्दैछ मान्छे मान्छे काटेर
यो भिडमा आज म सोध्दैछु
कसलाई भनुँ म मान्छे भनेर ?
मान्छेले काट्दैछ मान्छे लगेर २
दैव पनि डरायो यो मान्छे देखेर २

नाच्दैछ....
प्राणको भिख माग्दाँ छटपटाएर २
मार्छन् मान्छेकठ्ठै घाटी थिचेर २
नाच्दैछ...
आज प्रेम र विश्वास हराएर २
म हेर्छु तर देख्दिन मान्छे मनेर २
नाँच्दैछ मान्छे मान्छे मारेर
हाँस्दैछ मान्छे मान्छे काटेर
यो भिडमा आज सोध्दैछु
कसलाई भनुँ म मान्छे भनेर ३

चितवन

गीत


हस्त गौतम मृदुल

अनयासै स्तब्ध भएँ, शोकमग्न खबर पाएँ
मेरो यो जीवनबाट, संधैलाइ हरायो छायाँ

छिटै फर्कन्छु भन्दा, मिलनको सपना देखेथें,
मन पर्ने कुराहरु, एक एक गरी साँचे थेँ।
जीवनको रंगै फेरियो उजाड शिशिर आयो
कहिलै पनी नमेटिने अदृश्य दुखले छायो
अनयासै .......................................

कति अभागी रहेछु, खपी नसक्ने दुख पाएँ।
सवैभन्दा अमुल्य बस्तु तिमीलाइ नै गुमाएँ।
बेदनाको आशुँ पिइ, अभावमा जिउँ कसरी
मलाइ पनि लैजा दैव, उन्लाइ लग्यौ जसरी

गजल


देवराज ओली

तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन
खुशी बिनको खोक्रो हाशो , हास्नु कती दिन

तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन

सम्झीरहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी
कोमल मनलाई निठुर , बनाई भाच्नु कतिदिन

खुशीनै तिमीमेरो , तिमीनै सुर संगित पनि
ईतिहास सम्झी सम्झी ,नाच्नु कती दिन

टाढा हुँदैमा चोखो माया , मर्दैन कहिलेपनी
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन

ईमेल :- indra_sagar2001@yahoo.com
दाङ घोराही हाल दुबई यू. ए. ई.

नेपालीको क्रन्दनमा ...

डा. हीराकाजी मानन्धर

नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र गरीबी र अभावको पीडा छ,
तर पनि उभित्र संतोष र मुस्कान छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र वेरोजगारी र अदक्षताको मार छ,
तर पनि उभित्र पौरख र इच्छाशक्ति छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र नातावाद र कृपावादको जड् छ,
तर पनि उभित्र सद्भाव र भाइचारा छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र चाकडी र चाप्लुसीको रोग छ,
तर पनि उभित्र काम र कर्तव्यको वोध छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र कुरिति र छुवाछुटको कलङ्क छ,
तर पनि उभित्र धर्म र संस्कृति छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र हक र अधिकारको खिचातानी छ,
तर पनि उभित्र विवेक र कर्तव्यबोध छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र पूर्वाग्रह र प्रतिशोधको घाउ छ,
तर पनि उभित्र मलहमपट्टी र ओखति छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र भ्रष्टाचार र अनियमितताको पहाड छ,
तर पनि उभित्र सही र गलतको थम्याई छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र असुरक्षा र अपराधको महामारी छ,
तर पनि उभित्र धैर्यता र भरोसा छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र हत्या र हिंसाको श्रृंखला छ,
तर पनि उभित्र दया र क्षमाको खानी छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र आतङ्क र अराजकताको लहर छ,
तर पनि उभित्र स्थिरता र शान्तिको कामना छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र कुशासन र दण्डहिनताको पराकाष्ठा छ,
तर पनि उभित्र सहनशीलता र आशा छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र सत्य र न्यायको मृत्यु छ,
तर पनि उभित्र दृढता र आत्मसम्मान छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र शासक र शासितबीचको गहिरो खाडल छ,
तर पनि उभित्र स्वाभिमान र देशभक्ति छ ।
नेपालीको क्रन्दनमा अरण्य रोदन छ,
रोदनभित्र जो सत्तामा पुगे पनि अनिष्ट र अव्यवस्था छ,
तर पनि उभित्र लोकतन्त्र र मतदानको चाहना छ ।

म्हेपी, काठमाण्डौं ।
२०६५।१०।१६

गजल


हस्त गौतम मृदुल

घर न घाटको हुदा पनि, एक मुठी स्वास चलेकै छ,
अन्योलमा पारेर मलाइ, नियतीले संधै छलेकै छ।

कति दिऊ खशीको आहुति, कति सहुँ दिनहुँ बबार्दी
स्वतन्त्र भै बाँच्न नपाउदा, बियोगले मुटु जलेकै छ,

एै माटोमा चलखेल् गर्दा, मेरै अस्तित्वमा धावा बोल्दा,
सकुनीले पासा थापीदिदा, मेरो स्वाभीमान ढलेकै छ।

छिया छिया पारी सपनाहरु, कुन्ठित पारेर अधिकार,
शान्तीको त्यही बोधी बृक्षमा, असान्तीको फल फलेकै छ।

आशाको जग बसाउ भन्दा, निरासा झनै मौलाइ दियो
अध्यारो भित्र बन्दी भै दिदा, पल पल भाग्य गलेकै छ।

पञ्चगाब्य


स्यानु पाईजा

उ नै थियो एउटा
मेरो मनको जमेको तलाउमा
ढुंगाका टुक्राहरु खसालेर
मेरो मनका कुना कुना मा
सतह छल्कने गरि तरँग फैलाउने
बेला बेलामा मलाई जिस्काउथ्यो
भजन मा नाँचेर अनिदोले
अबेर सम्म ओछ्यानमा सुत्दा
पञ्चगाब्यमा मिसाईको गोबरले
तिमीलाई बिरामी बनायो भन्थ्यो
मौषमको खोकि लाग्यो भने पनि
तिमी लाख बत्ति बाल्दाको धुँबाले
तिम्रो फोक्सो बिगारेको छ
तिमीलाई टिबि भाको छ
हबन मा जलेका जौ तिल
ध्यू ले प्रदुषण फैलायो भन्थ्यो
मानवअधिकार हनन भयो भन्थ्यो
किन तिमीलाई मात्र पञ्चगाब्य खुबाईन्छ ?
मेरो मनमा बिद्रोहको को आगो झोस्थ्यो
म मेरा फुसले बनेका बस्ती नजलुन भन्थे
उ जल्नु पर्छ भन्थ्यो, बिद्रोहको आगो बल्नु पर्छ भन्थ्यो
बर्षौ भएको थियो मैले उस्लाई नभेटको
खै कता हरायो ?
बर्षामा बग्यो कि हिउँदमा ओईलायो
बिर्सेको उस्को अनुहार सम्झने प्रयास गरे
किन कि मैले पञ्चगाब्य खाए जस्तै गरी
सुटुक्कै फालेर झुक्याउन सिकिसकेको थिए
पञ्चगाब्यको पाँच भागमा एक भाग
गोबर पनि छ बन्ने बुझिसकेको थिए
म र मेरा साथीहरुलाई सिकाएको थिए
यस्तै भयो एक दिन उ आकस्मात भेटियो
पञ्चगाब्य बाँड्ने भएरै भेटियो
धन्याचलको महायज्ञमा ।
क्यामरा देशी-बिदेशि च्यानलका
क्लिक क्लिक हुदै थिए
प्रशाद नै सम्झेर सबैले पञ्चगाब्य खादै थिए
भगवानको घरमा कस्को मनमा के पाप ?
तर मैले पाप गरे या के गरे उस्ले सिकाए अनुसार
यसपाली पनि खाए जस्तैगरी फ्याँके
तर म भित्र डर थियो के म शुद्व छैन ??
म शुद्वहुन पञ्चगाब्य खानै पर्ने हो ?
दाना खाएर पालेको गाई
बुटि खाने जमनाको गाई सँग के दाँज्नु
यति चोखो कुरामा अझै किन गोबर मिसाउनु
भगवानको घरमा म के रिसाउनु ??

पात्लेखेत-७, म्याग्दी

उसको कथा

शम्भु बस्नेत

आलिकती समयको पाबन्दिले
आलिकती साहुको ऋणको नाकाबन्दिले
आलिकती बिश्व बजारको आर्थिक मन्दिले
यस्पाली घर नफर्केको खसम लाई
सम्झदै ,आसु झार्दै छे
घरकी चौबन्दीले ।

त्यो सँग अरु गुनासाहरु थिएनन्
त्यो सँग अरु अभिलाषाहरु थिएनन्
त्यो नक्कल पार्न जान्दिन
त्यो निस्वार्थ ,मौलिक प्रेम गर्छे
त्यो उसकै बाटो हेर्छे।

थाहा छैन उु कहिले आउँछ ?
उस्ले कहिले बिदा पाउँछ ?
थाहा छैन उसले बिदा पाउँछ कि पाउँदैन?
थाहछैन उु आउँछ कि आउँदैन ?
तर उु उसकै बाटो हेर्छे
उु हेर उसलाई
कसरी मैन जस्त्तै पग्लदैछे ।

उु आएन वा आउन चाहेन
वा उु आउन पाएन
वा उसको भौतिक शरीरले ..............
म भन्न सक्दिन ,मलाई थाहा भएन
तर आजभोलि उु सेतो सारी लाउँछे
तैपनी उु , बाटो तिरै हेर्छे ........ हेरिरहन्छे ..................

हामी नेपाली


मुकेश राई

क्षितिज त एक दृष्‍टिभ्रम हो, आकाश कहाँ झुक्छ र ?
कमजोर नसम्झ् हाम्रो मौनता, अन्याय अघि कहाँ झुक्छ र ?

ढुकढुकीका हरेक स्पन्दनमा स्वदेशको माया छल्कन्छ
जहाँ रहे पनि नेपाली हाम्रो देशप्रेम कहाँ लुक्छ र ?

आफ्नै सपुत सन्ततिहरुको पिडामा मातृभूमी रुदाँ
गह भरिएका अश्रुधारा हाम्रो नयनमा कहाँ सुक्छ र ?

शिरमा हिमाल, छात्तीमा अस्तित्व बोक्ने पाइला रोकिन्दैन
जीवन बलिदान गर्ने नेपाली सानो चोट कहाँ दुख्छ र ?

अटल छन हाम्रो जोश, जाँगर र लक्ष्यहरु
हिमाल झै उच्च विश्वाश र एकता कहाँ डग्छ र ?

ईलाम हाल बेलायत

फूलहरुलाई शुभकामना


खगेन्द्र थापा

ऊ, लालीगुराँस झैँ फुल्थी भिरपाखाहरुमा
वहार भई डुल्थी सधैँजसो लोभी आँखाहरुमा
उसको रुपको वर्णन सुन्दा न कसैलाई झर्को लाग्थ्यो
रस चुस्न आत्तुर भमराहरुको सधैँ नै लर्को लाग्थ्यो
सुवास छर्दै ढकमक्क फुलेको देखेर सबै झुम्मिन्थे
त्यसैमा ऊ पनि रमाउँथी
आफ्नो वैशालु जोवनको पर्वाह नै नगरी
ऊ, आफ्नो यौवन अरुलाई निःस्वार्थ थमाउँथी ।
उसको तनका डाँडाकाँडा र थुम्कामा रम्दै
आँकुरा कोपिला र पुष्पपत्रहुदिँ न्यानो स्पर्शका साथ
रस चुस्दैचुस्दै खोँचसम्म पुग्दा ऊ निकै लजाउँथी
मदहोश भई विशाल पोखरीमा हामफाल्दा भमरा
ऊ, भित्रभित्रै सुखानुभूति सजाउँथी
तर
वसन्त नै वैरी भइदिए पछि कस्को के लाग्दो रैछ र ?
आखिर भाँचिएको मनमा उमङ्ग कसरी जाग्दो रैछ र ?
अचेल अनर्थ लाग्छ उसलाई
आफ्नो सुन्दरता, सुवास र शालीनता प्रति
ढकमक्क फुलेर पनि वास्ना र्छन सक्तिन ऊ
कतै कुनै भमराहरुको मन हर्न सक्तिन ऊ
किनकि आज उसको सिउँदो पुछिएको छ
चुरा फुटेका छन्, यौवन लुटिएको छ
त्यसैले,
मेरो बिन्ती छ, कहिले गर्नु नपरोस्
सयपत्री र मखमलीले जिन्दगीमा यस्तो सामना
सधैँ ढकमक्क फुलेर वास्ना छरिरहुन्
फूलहरुलाई मेरो लाखौँलाख शुभ कामना ।

गन्तब्य बर्ष ..............


दिलिप योन्जन

नँया अभिलाषा र उमंग
कल्पनामा रमाउंदै........ हराउंदै..........
बिश्वको अग्लो सगरमाथा
भगवान बुद जन्मेको देश
सुन्दर सपना स्वच्छ हावापानी
नदिनालाले सजिएको
झर्ना र पहराले सिगारीएको
चाँदी झै टल्किदै पग्लने हिमाल
भाबनामा डुब्दै ............. उत्रदै................
आकास माथि माथि उड्छ पर्यटक
स्वार्गको देश नेपाल............... नेपाल हेर्न।

प्लेन बस्छ, यात्रु ओर्लन्छ
झोला र सुटकेसमा झगडा
हेर्छ छक्क परेर एकोहोरो पर्यटक
देशको इज्जत ................ राष्ट्रको गौरब
अभावको धरातलको खाल्डो
पाइला नसार्दै, खाली खुट्टा
फुङ अनुहार उडेको........... भित्री ज्वरोले
ओठ कलेटी परेको भोकले
बोल्न नसकी नसकी अबोध बालक
One dollar please............ hungry Sir..........
धनाढ्य यात्रु हेर्छ एकोहोरो
दुधे बालकको जन्ति
One dollar please............
ट्याक्सी चढेर हेर्छ जात्रा
पछाडी फर्कि फर्कि ।

होटलमा कल्पन्छ ........ सम्झन्छ
भोक-भोकै होला कति रोगी
आँखा भरी-भरी कचेरा बोकेर
ओठभरी रयाल च्यापेर
हिड्न नसकी-नसकी माग्ने बालक
आँखा भरि भरि सपना बोकेर
कन्टेनरमा भोक मेट्छ
प्लास्टिक बटुल्छ
अधुरो यात्रा सँगै
पाटी, पौवा, सडक र पेटीमा
कक्रिन्दै .... पग्लिन्दै बोरामा बेरिन्दा
आकाश रोयो............... धर्ति हल्लियो
देख्दा पर्यटक............. कुद्छ भोकले मतेर
भुइ र पेटीमा लड्दै-पड्दै
अल्मलिन्छ आश्या र बिश्वासहरु
सुक-सुकाउछ चोक र गल्लीमा
काहाली लाग्दो सडक र समाज
भोक पस्किएर हावा खादा ।

पर्यटक सगरमाथा चड्छ.......झर्छ.......
माछापुच्छ्रे कननजंगा हेर्छ
मोती जस्तै कन्चन हिउँहरु
पग्लिन्दै बग्छ कल-कल
फेवाताल र रुपातालमा खेल्छ
रमाउदैन........ हास्दैन दुखी पर्यटक
आँखा भरि हिमालमा नाङै तस्बिर
हावा सग-सगै गुन्जिएको भोका आवाज
सताइरहन्छ........जलाइरहन्छ............
बुदको देश सगरमाथा यस्तो
खोलै-खोलाको देश अन्धकार
पाटी त पौवामा लडेका दुधे बालक
राल र सिंगानको पोष्टर बिक्रि ।

हरेक बर्ष आँउ,........ गन्तब्य नेपाल
स्वागत छ.......सत्कार छ............
प्रत्येक बर्ष फरक-फरक अनुहार देख्नेछौ
बाँच्ने आसै-आसमा कति रोगले लगे
खानै नपाई कतिलाइ भोकले लगे
आफ्नो मलामी आफै जान्छ बालक
न आँखामा आँशु छ........ न रोदन
पाउने छौ थरी-थरी देख्न
कतै खुट्टा हराएर बैशाखी
थुप्रै साथ हराएर बेवारिस
हरेक बर्ष आँउ......... नेपाल हेर्न
जिउने साहरा बन भोका-नाङा बिच
भोको नाङो तस्बिर नबेच
गरीब दुखिको मज्जा नउडाउ
फोहोरै फोहोरको धरहरा
गु-घरीको घन्टाघर नहेर
राष्ट्र र राष्ट्रियता माथि खेलबाड नगर
नेपाल र नेपालीको बद् नाम नगर
हरेक बर्ष आँउ......... नेपाल हेर्न
श्वागत छ .............. न्यानो माया छ
नेपालीहरुको

अस्टिन अमेरिक

गजल


बसन्त मोहन अधिकारी

यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

नदिनु चोखो मुटु कसैले चिरेर जलाई दिन्छन्
हेरत आज यहि मायामा जिउँदै म बलिरहेछु

बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
नसोध कोही प्रेम मलाई चोटै चोटले लडेकोछु

त्यहि चोटले उठ्न नसकी हेर त म गलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

मेरा हज्जार पिडा बिचमा उठेर म बाँच्न खोज्दा
रेटेर उनले चुलेसीमा छटपर्टाई चलिरहेछु

बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

चितवन

म भूल हुँ


आचार्य प्रभा

म भूल हुँ सुधारन सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ....,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर ,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ /
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ........./
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ /
कहाँ मैले सोचेकि छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........
इेक्षा,आशा, हार्दिकता यही हो
म भूल हुँ ,
सुधार्न सक्छौ ,
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ /

(अमेरिका )

हाम्रो माया

अबिरल अधिकारी ''प्रेरणा ''

तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन
तिमीले आफ्नो पाइला नदिको धारमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी .............,
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु /