तमासा


हस्त गौतम मृदुल

मेरा ति दुख दर्दको तिमी शाँक्षी थियौ
तर किन मेरो घरमा हात्ति बाँधि दियौ
न त हात्ति बाँध्न सक्ने मेरो क्षमता छ
गरिवको घरमा हात्ति हेर त रमिता छ

एक महिनाको पौरख एकै गाँस पार्छ
यसै गरी गरिवले कति छाकलाइ र्टार्छ
एक गाग्री पानी छैन समुन्द्र नै पिउछ
यो हालतमा गरिवहरु कसरी जिउछ

मेरा ति चोट पिंडाको तिमी शाँक्षी थियौ
तर किन मेरो घरमा हात्ति बाँधी दियौ
न त हात्ति पाल्न सक्ने मेरो हैसियत छ
हात्तिको मुखमा जिरा यही नै नसियत छ

पानी पिउन नपाउदामा मेरै खुन पिउछ
घाँस खान नपाउदामा मेरै ज्यान खान्छ
कस्तो हो यो बिडम्वना गरिवको देशमा
गरिवको खिल्ली नउडाउ सकुनीको भेषमा

मेरा ति आँशु र मर्मको तिमी साँक्षी थियौ
तर किन मेरो घरमा हात्ति बाँधी दियौ
न त हात्ति थाम्न सक्छु न फाल्नै सक्छु
गरिवीको चित्तामा आफैलाइ नै पोल्छु

No comments: