बेईमानी मन


स्यानु पाईजा

यो रातले मलाई बेईमानी बनाउँछ
नसोधि तिमीलाई सुटुक्कै सम्झेर
यो रातले मलाई अनिदो जगाउँछ
सम्झना त्यो पलको आलो बनाएर
लुकाएका सबै रहरहरु एकाएक
कल्पनाको झ्यालको पर्दा बाट
तिमीलाई चियाउन पुग्छ
बिहानीको शीत जस्तै रहरहरु
तिमीलाई छैन मेरो गुनासो
मेरो मन नै बेईमानी हो
चोरी चोरी सम्झन खोज्छ
तिमीलाई दाग लाग्ने गरी
लुकी छिपि भेट्न खोज्छ
झ्यालखाना छैन रे यो मनलाई राख्ने
साहेद जानेरै होला सधै यो मन
सिमाना नाँधेर तिमीलाई भेट्न खोज्छ
लुकाउदा लुकाउदै रहरहरु
सुनसान रात मा छल्किनु खोज्छ
लुकाएका सबै रहरहरु एकाएक
कल्पनाको झ्यालको पर्दा बाट
तिमीलाई चियाउन पुग्छ
यो रातले मलाई बेईमानी बनाउँछ
नसोधि तिमीलाई सुटुक्कै सम्झेर
यो रातले मलाई अनिदो जगाउँछ

पात्लेखेत-७, म्याग्दी

No comments: