एउटा नक्षत्र झरेछ साहित्यकाशबाट


आचार्य प्रभा

म स्तब्ध बनें
त्यो शोकाकुल खबरले
साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ
झापाली साहित्यकाशबाट ,
चम्की रहेका उज्ज्वल नक्षत्रलाई
कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ /
म कामना गर्दछु वहाँको चिरशान्तीको
म प्रार्थना गर्दछु वहाँको प्रतिभाको दिर्घायुको
शरीर माटोमा मिल्यो त के भो ?
साहित्यरुपी सन्तानहरु जिवित नै छन
आत्मा पलायन भयो त के भो ?
श्रीजनाका डोबहरु बाटाभरि यत्रतत्र छन /
देह मर्यो रे वहाँको सदाकोलागि
कबिताहरु जिउँदो आत्मा बनेर गुन्जी रहनेछन ,
छायाँ बिलिन भयो रे सुन्यतामा
कथाहरु जिवित बनेर सल्बलाई रहनेछन
सबको मनमस्तिष्कमा /
हो म फेरि पनि भन्छु
एउटा देह पलायन भयो रे, आत्माले चिरनिन्द्रा रोज्यो रे
त र अजर,अमर बन्नेछ सदा
वहाँका साहित्यरूपी सन्तानहरु
सबका अन्तरात्माभित्र गुन्जिरहने छन
वहाँका भावनारूपी साहित्यका शब्दहरु
यसैले म चडाउदैछु वहाँलाई
श्रद्धान्जली स्वरूप सम्झनाका
यि शब्द सुमनहरु /
(आदर्णीय दाइ भवानी घिमिरेको सम्झनामा समर्पित कबिता )

2 comments: