शम्भु बस्नेत
आलिकती समयको पाबन्दिले
आलिकती साहुको ऋणको नाकाबन्दिले
आलिकती बिश्व बजारको आर्थिक मन्दिले
यस्पाली घर नफर्केको खसम लाई
सम्झदै ,आसु झार्दै छे
घरकी चौबन्दीले ।
त्यो सँग अरु गुनासाहरु थिएनन्
त्यो सँग अरु अभिलाषाहरु थिएनन्
त्यो नक्कल पार्न जान्दिन
त्यो निस्वार्थ ,मौलिक प्रेम गर्छे
त्यो उसकै बाटो हेर्छे।
थाहा छैन उु कहिले आउँछ ?
उस्ले कहिले बिदा पाउँछ ?
थाहा छैन उसले बिदा पाउँछ कि पाउँदैन?
थाहछैन उु आउँछ कि आउँदैन ?
तर उु उसकै बाटो हेर्छे
उु हेर उसलाई
कसरी मैन जस्त्तै पग्लदैछे ।
उु आएन वा आउन चाहेन
वा उु आउन पाएन
वा उसको भौतिक शरीरले ..............
म भन्न सक्दिन ,मलाई थाहा भएन
तर आजभोलि उु सेतो सारी लाउँछे
तैपनी उु , बाटो तिरै हेर्छे ........ हेरिरहन्छे ..................
No comments:
Post a Comment