रामसार्इंलीका हजार सपना


यशोदा अधिकारी

माइतबाट दाइजो ल्याएको
एउटा तामाको गाग्री र
आफैले प्यवा पालेको
रातो भाले काखी च्यापेर
नेपाल झरेकी रामसार्इंली
भट्टमिा दिन बिताउँछे
चियाको किट्लीभरि
उम्लिएको छ
रामसार्इंलीको जीवन
रक्सिका बोतलहरुसँग
साँटिएको छ बैंस
हरेक चुरोटका खिल्लिबाट
निस्कने धुँवासँगै
उडेका छन्
रामसार्इंलीका हजार सपनाहरु आज ।
आफ्नै छानामुनि बसेर बुनेका सपना
कोदाको ढिँडो मस्काउँदै
तया गरेका रोमान्टिक यात्रा
माझीदाइसँग जुहारी खेल्दै
रचेका अनगिन्ती गीतहरुमा
आज रामसार्इंली
आफै नमेट भएर संगित भर्दै
भट्टमिा तुम्बा उमाल्छे
उसका पिपृच्छा आँखाहरु
अलिकति खुसी बोकेर
छोराको बाटो चियाउँछन् ।

यो नग्न सत्य हो कि
रामसार्इंलीले हातमा
कयूर लाउन पाएकी छैन
एकदिनमा एकझप्को निदाएर
हजार सपना देख्ने
रामसार्इंलीको
बेपत्ता मुटुको टुक्रा
अझै फर्केर आएको छैन ।
एक थोपा आँसुसम्म नअटाउने
यो नेपाल सहरमा
रामसार्इंली अनागरिकजस्तै भएर
आगो बालिरहेकी छे
चट्टान खोपिरहेकी छे
भट्टमिा पकाएर आशाहरु
छोराको खोजीमा निस्केका
बाको बाटो हेरिरहेकी
रामसार्इंली दिनभरि तुम्बा उमाल्छे
तुम्बासँगै उम्लिएको छ
रामसार्इंलीको जिन्दगी
चियाको किट्लीभरि पाकेका छन्
उसका पसिनाहरु पनि ।
उसलाई केही फरक छैन
गणतन्त्र आउनु र नआउनुमा
कोही कुर्सीमा बस्नु र नबस्नुमा
न उसलाई आपत्ति छ
निर्दोष मान्छेहरु मारिनुमा
ऊ त केवल मरेको शरीर
घिसार्दै भट्टीमा समय कटाउँछे ।
आफ्नो लोग्ने र प्यारो छोरो
अझै फर्केका छैनन्
उनको घरमा कुनै तन्त्र आउँदैन
खै के के आयो भन्छन्
तर रामसार्इंली एक्लै दिन कटाउँछे
यो परिवर्तन र व्यवस्थाको लागि
लड्न गएका आफ्ना
सन्तान नफर्केसम्म
अरुलाई जे-जे आए पनि
रामसार्इंलीको भट्टमिा
आजसम्म केही आएको छैन
चुहिने छाना छाइएको छैन
आँखाको आसु पुछिएको छैन
चुलोमा आगो बलेको छैन
साँच्चै भन्ने हो भने
रामसार्इंलीले यो व्यवस्थामा
कयूर लाउन पाएकी छैन
मिठो हाँसो हाँस्न सकेकी छैन
एक निद्रा आनन्दले
निदाउन पाएकी छैन
साँच्चै हो रामसार्इंलीले
हातमा कयूर लाउन
पाएकी छैन ।

मेच्छे-१ काभ्रे
हाल काठमाडौं

No comments: