Monday, August 10, 2009

चेतना भया


खगेन्द्र थापा

नयाँ नेपालका
राम राम जप्ने ए, बहुरुपि हरामहरु
सहिदहरुको आलो रगतमा लुट्पुटिएर अझै
देखावटी सम्मानको अस्त्र प्रहार नगर
दुख्ला, छातीभित्र मुटुका कुना कन्दरासम्म,

मुलुक ढस्ने ए, भष्मासुरहरु
स्वार्थको गन्धे ढलमा चुर्लुम्म डुबेर
छिः, मुख मिठ्याउने यत्न नगर
अव्बुर्इ नि, मर्नेहरुको रगत पनि त्यती चिसो कहाँ छ र ?
पोल्ला, तेजावले जस्तै भत्भती मन मस्तिष्क सम्म,

सुख शान्तिको महल भत्काउन रमाउने
ए, अगस्ति अक्टोपसहरु हो,
जनताको आस्थामा कथित सिद्धान्तको डोजर धस्दै
लोकतन्त्रलाई पद, पैसा र दोसलामा भँजाउने कोशिस नगर
डुब्ला मुलुक, सतपत्तालमा नर्फकने गरी नर्कको दलदलमा,

धोकाको तीर चलाउने ए, चोर शिकारीहरु हो
तिमी पृथ्वीको कुन गोलार्द्धबाट संसार चिहाउँदैछौ
बल्ला मुलुक, आतंकको डडेलोले विश्वशान्ति लुटिएमा
मर्ला आस्था, जीउँदाहरुको कुरुप र अपाङ्ग भएर,
सगरमाथाबाट हेरे हुन्छ बुद्धलाई,

ए, विध्वंसकारी सुनामीहरु हो भन न,
तिमी खै कुन ग्रहको वृतान्त भट्टयाउँदैछौ ?
बग्ला, निर्झर आँसु दुखको घनघोर बर्षा भइ रहे,
अशोक स्तम्भ हेरेर नघोत्ले हुन्छ
पुजे पुग्छ सहिदहरुलाई ।

0 comments: