Thursday, August 27, 2009

गजल


आचार्य प्रभा

तिम्रो मायाको तापले यो मनले न्यानो चाह्यो प्रवास
तिम्रो मीठो सामिप्यताले मनले राहत पायो प्रवास।

उजाड थियो मनको पाखा मेरो ,निरश थियो बैँश पनि
अनायस तिम्रो आगमनले हरियाली छायो प्रवास ।

उदासी नै साथ थियो,थिएन कहिल्यै मन खुशी
जब संघार टेक्यौ दिलको मनले गीत गायो प्रवास।

सोँच्न थाल्यो मनले अब,भुल्ने छैन उस्लाई भनी
तिमीसङै समाहित भएर कसम मनले खायो प्रवास ।

(अमेरिका )
(उक्त शिशु गजलमा मैले प्रवासको नाम रदिफको रुपमा पैँचो लिएकी छु आपत्ति नहोला भन्ने आशामा )

0 comments: