गजल


हस्त गौतम मृदुल

घर न घाटको हुदा पनि, एक मुठी स्वास चलेकै छ,
अन्योलमा पारेर मलाइ, नियतीले संधै छलेकै छ।

कति दिऊ खशीको आहुति, कति सहुँ दिनहुँ बबार्दी
स्वतन्त्र भै बाँच्न नपाउदा, बियोगले मुटु जलेकै छ,

एै माटोमा चलखेल् गर्दा, मेरै अस्तित्वमा धावा बोल्दा,
सकुनीले पासा थापीदिदा, मेरो स्वाभीमान ढलेकै छ।

छिया छिया पारी सपनाहरु, कुन्ठित पारेर अधिकार,
शान्तीको त्यही बोधी बृक्षमा, असान्तीको फल फलेकै छ।

आशाको जग बसाउ भन्दा, निरासा झनै मौलाइ दियो
अध्यारो भित्र बन्दी भै दिदा, पल पल भाग्य गलेकै छ।

No comments: