पञ्चगाब्य


स्यानु पाईजा

उ नै थियो एउटा
मेरो मनको जमेको तलाउमा
ढुंगाका टुक्राहरु खसालेर
मेरो मनका कुना कुना मा
सतह छल्कने गरि तरँग फैलाउने
बेला बेलामा मलाई जिस्काउथ्यो
भजन मा नाँचेर अनिदोले
अबेर सम्म ओछ्यानमा सुत्दा
पञ्चगाब्यमा मिसाईको गोबरले
तिमीलाई बिरामी बनायो भन्थ्यो
मौषमको खोकि लाग्यो भने पनि
तिमी लाख बत्ति बाल्दाको धुँबाले
तिम्रो फोक्सो बिगारेको छ
तिमीलाई टिबि भाको छ
हबन मा जलेका जौ तिल
ध्यू ले प्रदुषण फैलायो भन्थ्यो
मानवअधिकार हनन भयो भन्थ्यो
किन तिमीलाई मात्र पञ्चगाब्य खुबाईन्छ ?
मेरो मनमा बिद्रोहको को आगो झोस्थ्यो
म मेरा फुसले बनेका बस्ती नजलुन भन्थे
उ जल्नु पर्छ भन्थ्यो, बिद्रोहको आगो बल्नु पर्छ भन्थ्यो
बर्षौ भएको थियो मैले उस्लाई नभेटको
खै कता हरायो ?
बर्षामा बग्यो कि हिउँदमा ओईलायो
बिर्सेको उस्को अनुहार सम्झने प्रयास गरे
किन कि मैले पञ्चगाब्य खाए जस्तै गरी
सुटुक्कै फालेर झुक्याउन सिकिसकेको थिए
पञ्चगाब्यको पाँच भागमा एक भाग
गोबर पनि छ बन्ने बुझिसकेको थिए
म र मेरा साथीहरुलाई सिकाएको थिए
यस्तै भयो एक दिन उ आकस्मात भेटियो
पञ्चगाब्य बाँड्ने भएरै भेटियो
धन्याचलको महायज्ञमा ।
क्यामरा देशी-बिदेशि च्यानलका
क्लिक क्लिक हुदै थिए
प्रशाद नै सम्झेर सबैले पञ्चगाब्य खादै थिए
भगवानको घरमा कस्को मनमा के पाप ?
तर मैले पाप गरे या के गरे उस्ले सिकाए अनुसार
यसपाली पनि खाए जस्तैगरी फ्याँके
तर म भित्र डर थियो के म शुद्व छैन ??
म शुद्वहुन पञ्चगाब्य खानै पर्ने हो ?
दाना खाएर पालेको गाई
बुटि खाने जमनाको गाई सँग के दाँज्नु
यति चोखो कुरामा अझै किन गोबर मिसाउनु
भगवानको घरमा म के रिसाउनु ??

पात्लेखेत-७, म्याग्दी

No comments: